Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

अपडेट : दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज

अपडेट : दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज

काठमाडौँ- सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए ।

यता, हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार दुर्घटनास्थल जिल्ला सदरमुकामदेखि १७ किलोमिटर दक्षिणपूर्वमा रहेको छ ।

विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ ।

दुर्घटनामा दुवैको मृत्यु भएको छ ।

मकालु एयरको कार्गो विमान आज बिहान ६:१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिएका थिए ।
विमानस्थल स्रोतका अनुसार विमान हराउन अघि नेपालगञ्जको राडारसँग सम्पर्क भएको थियो । त्यतिबेला विमानमा कुनै प्रकारको खराबी आएको भन्ने विमानले जानकारी नदिएको स्रोतले बतायो ।

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook